अन्तरिक्ष केन्द्र निर्माणमा चीनको फड्को, तीन अन्तरिक्ष यात्री लिएर उड्यो शेन्झाउ–१२

जिक्वान, चीन, ३ असार (रासस–सिन्ह्वा) –– चीनले बिहीबार आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि तीन जना अन्तरिक्ष यात्री सहितको शेन्झाउ–१२ रकेट प्रक्षेपण गरेको छ ।

तियान्हे नाम दिइएको नयाँ अन्तरिक्ष केन्द्र निर्माणमा यी अन्तरिक्ष यात्रीले काम गर्नेछन् । उनीहरु अन्तरिक्ष केन्द्रमा तीन महिना बस्नेछन् ।

हाल संयुक्तराज्य अमेरिका र रुससँग मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र छन् जहाँ पृथ्वीबाट पठाइएका अन्तरिक्ष यात्रीहरु महिनौं बसेर अध्ययन र अनुसन्धानका कार्यहरु गर्ने गर्दछन् ।

हुनत, चीनले यसअघि पनि अन्तरिक्षमा मानव पठाइसकेको छ । यो चीनको सातौं मानव सहितको अन्तरिक्ष यात्रा हो । चीनले पाँच वर्ष यता मानव सहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको थिएन ।

चीनको अन्तरिक्ष केन्द्र (सीएमएसए) का अनुसार चीनको उत्तरपश्चिम स्थित गोबी मरुभूमिबाट चिनियाँ समयानुसार बिहान ९.२२ बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको करिब ५७३ सेकेन्डपछि शेन्झाउ–२ भूउपग्रह अन्तरिक्ष केन्द्रमा प्रवेश गरेको थियो ।

सीएमएसएले भूउपग्रह र त्यहाँ यात्रारत सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेकाले अन्तरिक्ष कार्यक्रम सफल भएको जनाएको छ ।

यसपटक अन्तरिक्ष गएका यात्रीहरुमा शेन्झाउ–६ र शेन्झाउ–१० बाट दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका ५६ वर्षीय निई हाइसेङ, शेन्झाउ–७ अभियानमा संलग्न ५४ वर्षीय लिउ बोमिङ र पहिलो पटक अन्तरिक्ष यात्रा गर्न लाग्नु भएका ४५ वर्षीय टाङ होङ्बो रहनु भएको छ ।

उहाँहरुले चीनको अन्तरिक्ष कार्यक्रममा तीन महिनासम्म बसेर नयाँ रेकर्ड कायम गर्नु हुनेछ । यसअघि सन् २०१६ मा शेन्झाउ–११ बाट अन्तरिक्ष गएका यात्रीहरु ३३ दिनसम्म अन्तरिक्षमा बस्नु भएको थियो ।

यसपटक अन्तरिक्षको यात्रामा जानेहरुले यसअघिका भन्दा निकै जटिल र चुनौतीपूर्ण कार्य गर्नु पर्ने चिनियाँ अन्तरिक्ष केन्द्रका सहायक निर्देशक हाओ चुनले बताउनुभयो ।

यस पटक अन्तरिक्ष यात्रीहरुले खासगरी अन्तरिक्ष केन्द्रको सञ्चालन, सरसफाई, उपकरणको परीक्षण एवं केही वैज्ञानिक अनुसन्धान गर्नेछन् ।

चीनले गत अप्रिल २९ मा नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल पठाएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।