मेलम्चीमा पूर्वमन्त्री बस्नेत द्वारा राहत सामग्री

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बा,ढी र प,हिरोका कारण ठूलो भौतिक तथा मानवीय क्ष,ति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पी,डितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाउनुभएको छ ।

विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालको टोलीलाई सङ्घका इन्चार्जसमेत रहनुभएका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाउनुभएको हो ।

सङ्घको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा टोली पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले जानकारी दिनुभयो । पूर्वमन्त्री बस्नेतको पहलमा भक्तपुरबाट रु पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाबाट सङ्कलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री लिएर बिहीबार टोली मेलम्ची पठाएको उहाँले बताउनुभयो ।

भक्तपुरबाट सङ्कलित रु पाँच लाखको सामग्री सङ्घका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लुबन्जार, सचिवालय सदस्य दिनेश थापा, दिपेश खड्कालगायतले सङ्घका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितिज थेवे, सञ्जीवकुमार झा, अशोक चौलागाईँ, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यले उक्त सामग्री संयुक्तरूपमा हस्तान्तरण गर्दै टोली मेलम्ची पठाएको हो ।

भक्तपुरमा रहनुभएका सङ्घका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृ,तकका परिवारलाई रु ४५ हजार नगद रकमसहित सङ्घको जिल्ला कमिटीले करिब रु पाँच लाख बराबरको सामाग्री सङ्घका अध्यक्ष पौडेललाई हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकमा आएको विपद्मा सहयोग गर्न युवालाई आह्वान गरेको नेता बस्नेतले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।