सतर्कता अपनाउन प्रशासनको आग्रह

बैतडी,केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।

बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । “केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ ।”

महाकालीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त नदीमा आज बिहान पानीको बहाव बढेर ५८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ ।

साथै लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।