राष्ट्रपति विद्यादेवी भण्डारीले वि,पद् जो,खिम न्यूनीकरणमा विशेष ध्यान दिन आग्रह

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ प,हिरो र डु,बानबाट प्र,भावितको खोजी तथा उद्धार, वि,पद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जो,खिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ ।

मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ प,हिरो र डु,बानबाट पुग्न गएको क्ष,ति तथा नेपाल सरकारद्वारा भइरहेका वि,पद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो ।

विकासका लागि भौतिक संरचना निर्माण गर्दा भू,कम्प, बा,ढी, प,हिरो, च,ट्याङ र ड,ढेलो जस्ता प्राकृतिक जो,खिमलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उहाँले सुझाव दिनुभयो।

वि,पद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

गृहमन्त्री खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारी समक्ष शुक्रबार साँझ मनसुनजन्य वि,पद्का कारण भएको भौतिक तथा मानवीय क्ष,ति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनस्र्थापनाका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापा समेत सहभागी हनुहुन्थ्यो । प्रभावितको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीको राष्ट्रपतिले सराहना गर्नुभयो ।

उक्त अवसरमा प्राकृतिक वि,पद् जो,खिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा वि,पद् बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्य सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी गराइएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।