कोभिड स,ङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न परामर्श र उपचार शुरु

चितवन, कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड स,ङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले कोभिड १९ को सङ्क्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरुमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई श्वास प्रश्वासको समस्या परेको थियो । अस्पतालमा आउने अधिकांशलाई सघन उपचार कक्ष र एचडियुमा राखेर उपचार गरिएको थियो । उहाँले भन्नुभयो, “अधिकांशलाई अक्सिजनको सहायताले उपचार गर्नु परेको थियो ।” श्वासप्रश्वाससँगै सक्रमितहरुमा ज्व,रो आउने, श,रीर दुःख्ने, टाउको दु,ख्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिएका थिए । ती सङ्क्रमित निको भएपछि पोष्टकोभिडको समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बिरामीहरुको समस्यालाई उच्च मूल्याङ्कन गरेर चितवन मेडिकल कलेजले पोष्ट कोभिड उपचार तथा परामर्श सेवा सञ्चालन गरेको हो ।” पछिल्लो समयमा कोरोना स,ङ्क्रमित भई निको भएका बिरामीहरु कोभिड सङ्क्रमण मुक्त भएको लामो समयसम्म पनि, शारीरिक समस्या हुने, शरीर दुःख्ने ÷ पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महशुस हुने जस्ता समस्या देखिने गरेको छ ।

त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महशुस हुने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिनुभयो । साधारणतया कोरोना सङ्क्रमित मध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरु देखिने गरेको उहाँको भनाइ छ । तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖