३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खो,प

बैतडी,बैतडीमा को,रोना भा,इरस सङ्क्रमणविरुद्धको भेरोसेल खो,प करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् ।

गत जेठ २८ गतेदेखि शुरु भएको खो,प अभियान कार्यक्रमअन्तर्गत दुई हजार ९१४ ज्येष्ठ नागरिकले सो खोप लगाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् । जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा उक्त खोप लगाउने अभियान सञ्चालन गरिएको थियो ।

सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५६५ जनाले खो,प लगाएका छन् ।
यस्तै पाटन नगरपालिकामा ४१३, पुर्चौंडी नगरपालिकामा ३२५, मेलौली नगरपालिकामा २४२ र डिलाशैनी गाउँपालिकामा २५८, सिगास गाउँपालिकामा २८७, दोगडाकेदार गाउँपालिकामा २७०, शिवनाथ गाउँपालिकामा २२९, सुर्नया गाउँपालिकामा २२१ र पञ्चेश्वर गाउँपालिकामा १०८ जनाले खोप लगाएका छन् ।

खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७८० मात्रा खोप पठाएको थियो । जिल्लामा ८४ वटा खोप केन्द्रमार्फत पहिलो डोज दिइएको छ । खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । उहाँले भन्नुभयो, “पहिलो मात्रा लगाएकालाई अनिवार्य रुपमा दोश्रो मात्रा मौज्दात राखेर मात्रै खोप दिएका हौं ।”

जिल्लामा ३ हजार ४५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८४ प्रतिशत अर्थात २ हजार ९१४ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्यभन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।