वि,पत्तिको घडीमा स्काउटले महत्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्राकृतिक विपत्तिको घडीमा पी,डितको उद्धार, राहतलगायत कार्यमा स्काउटको भूमिका महत्वपूर्ण हुने गरेको बताउनुभएको छ । नेपाल स्काउटको स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्काउटले विश्वव्यापी फैलिएको कोभिड महामारीमा सुरक्षात्मक मापदण्डको परिपालनाका लागि सचेतना प्रवाह गर्न तथा शव व्यवस्थापनलगायत कार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

“नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा स्काउट अभियानमा जोडिनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, प्राकृतिक विपत्तिको घडीमा पीडितहरुको उद्धार, राहतलगायत कार्यमा स्काउट सधैँ अग्रपङ्क्तिमा उभिँदै आएको छ, बालबालिका तथा युवाहरुको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भवनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा विसं २००९ (सन् १९५२) मा स्काउटिङ अभियानको शुरुआत भएको हो”, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

देशको भविष्यका रुपमा रहेका बालबालिका तथा वर्तमानका साझेदार एवम् विकास र समृद्धिका बलियो आधारस्तम्भका रुपमा रहेका युवालाई चरित्रवान्, नैतिक र स्वावलम्बी शिक्षा सिकाइ उनीहरुलाई सानै उमेरदेखि नै साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य, स्वयम्सेवी भावनाको विकास गर्न नेपाल स्काउटको भूमिका उल्लेखनीय रहँदै आइरहेको सन्देशमा उल्लेख छ ।

समयसापेक्ष तालीम तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत वि,पद्को अवस्थामा उद्धार, अन्य मानवीय सहायता, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा आपत्कालीन अवस्थामा स्थानीय स्तरमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्काउटलाई तयारी गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

यसतर्फ दृष्टिगत गर्दै बालबालिका र युवाको सर्वपक्षीय विकासका स्काउट अभियानलाई प्रदेशका सबै विद्यालय र समुदायस्तरमा विस्तार गर्न वाग्मती प्रदेश सरकारले विशेष प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।