थपिए दुई हजार ४०० कोरोना स,ङ्क्रमित

काठमाडौँ, नेपालमा थप दुई हजार ४०० जना कोभिड–१९ (कोरोना भाइरस) का स,ङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना स,ङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ ।

हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृ,त्यु, भएसँगै कुल मृ,तकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना वि,रुद्धको पहिलो मात्राको खो,प लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।