दृ,ष्टिविहीन र अ,पा,ङ्गता भएका परिवारलाई सहयोग
गण्डकी, एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृ,ष्टि,वि,हीन एवम् अ,पा,ङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ ।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृ,ष्टि,वि,हीन र ११ शारीरिक अ,पा,ङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गर्नुभएको हो ।
एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अ,पा,ङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिनुभयो ।
निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उहाँको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् ।


