कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको नि,धनप्रति दुःख व्यक्त गरेको छ । उहाँको शनिबार राति नि,धन भएको हो ।

कांगे्रस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०२० मा अछाममा जन्मनुभएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

आन्दोलनका क्रममा उहाँ पटक–पटक गिरफ्तारसमेत हुनुभएको कांग्रेसले जनाएको छ । कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पु¥याउँदै आउनुभएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति हुनुहुन्थ्यो ।

नेता विष्ट २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उक्त कार्यकालमा उहाँले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गर्नुभएको थियो ।

सरल र मिलनसार स्वभावका स्व विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसले पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।