शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गि,रा,वट

काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गि,रावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा आज उच्च अङ्कको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन ६३.२८ बिन्दुले ओरालो लागेर नेप्से दुई हजार ९०५.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ बिन्दुले घटेर ५२८.५१ मा सिमित भएको छ ।

कूल २१७ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भए । आजकाो कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।

आइतबार कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८.५८, विकास बैंक १०१.०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५ , उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।

नेप्सेमा अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८० करोड ९९ लाख ९९ हजार ७७९ बराबरको कारोवार भयो । यस्ते, नेपाल इन्स्योरेन्स कम्पनी रु ४३ करोड दुई लाख ५५ हजार ७७०, नेशनल हाइड्रो रु ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स रु २८ करोड दुई लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी रु २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, यूनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।