वि,स्थापित परिवारलाई हेलिकप्टरबाट राहत

गोरखा, उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका वि,स्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पु¥याइएको छ ।

लगातारको वर्षाका कारण बु,ढीगण्डकी न,दीमा आएको भि,षण बा,ढीले घर ब,गाएर वि,स्थापित भएका सल्लेरीका बा,ढी पी,डि,तलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पु¥याइएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले विस्थापितका लागि उपलब्ध गराएको ३० थान टेन्ट, उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ गोरखामार्फत प्राप्त भएको एक हजार ४४० किलो चामल, ६० लिटर खानेतेल, नुन, दाललगायत सामग्री त्यहाँ पठाइएकोे प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । सेफ्टी किट र औषधिलगायत अत्यावश्यक सामग्री पनि सल्लेरी पु¥याइएको उहाँले बताउनुभयो ।

त्यस्तै विस्थापितका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले ९० थान कम्बल उपलब्ध गराएर हेलिकप्टरमार्फत नै सल्लेरी पठाइएको शाखाका सभापति भगवानबावु मास्केले जानकारी दिनुभयो । छब्बीस घरधुरी रहेको सल्लेरीमा बुढीगण्डकी नदीमा आएको बा,ढीले पाँच घर ब,गाएको छ भने गाउँ नै जोखिममा परेको छ ।

प्र,भावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि माउण्टेन चाइल्ड जावलाखेलले हेलीकप्टर चार्टर गरिदिएको हो । संस्थाले पाँच पटक गरेर राहत सामग्री सल्लेरी पु¥याएको संस्थाका समन्वय अधिकृत सर्मिला मानन्धरले जानकारी दिनुभयो ।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एक स्थानीय संस्थासँग समन्वव्य गरेर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले विस्थािपतका लागि सेफ्टी किटमा सर्जिकल मास्क, स्यानिटाइजर, साबुन, टुथपेष्ट, ब्रस, रुमाल, टिस्यूपेपर, बिस्कुट तथा स्यानिटरी प्याड जस्ता सामग्री पठाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।