कोरोनाको मुख्यथलो बन्दै रोपाइँ

दुल्लु, कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदै हरेक गाउँका खेतमा रोपाइँ धमाधम चलिरहेको छ ।

भारतबाट फर्केका व्यक्ति कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधैँ खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ । अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छ्रैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ ।

दिनहुुँ दैलेखका प्राय खेतमा मानिसको बाक्लो उपस्थितिमा धमाधम रोपाइँ गर्ने काम चलिरहेका छन् । शुरु–शुरुमा गाउँमा कोरोनाको ड,र मान्ने गरे पनि अहिले भने कसैलाई त्यसको डर छैन । अहिले सामाजिक दुरी कायम नगरी भेला हुँदा कोरोना सङ्क्रमण फैलिन्छ भन्ने ड,र,त्रा,स,विनै रोपाइँ गर्न प्राय मानिस जुट्ने गरेका छन् ।

“दिनहुुँ जसो रोपाइँको पालो छ रोपाइँमा नगइ छैन, मानो उमारेर मुरी बनाउने समय हो, अब कोरोनाको डर मानेर बसेर घरमा बसे भोलि पेट भोकै हुन्छ”, भन्नुहुन्छ नारायण नगरपालिका–४ का किसान भवी न्यौपाने । कम्तीमा ४०÷५० जना दैनिक रोपाइँमा सामाजिक दुरी कायमलगायत स्वास्थ्य मापदण्डविनै रोपाइँ गर्ने गरेको किसान बताउनुहुन्छ ।

रोपाइँ शुरु भएसँगै यो नियती किसानको दिनचर्या नै बनेको किसान बताउँछन् । सबै मिलेर सगोलमा काम नगरे आफ्नै छाक बन्द हुने भएकाले काममा जुटेको भैरवीका किसान सुरज गुरुङले बताउनुभयो ।

उहाँको मात्र होइन अहिले दैलेखका प्राय खेतमा भेटिने सबैले यही उत्तर दिने गरेका छन् । पछिल्लो समय रोपाइँ नै कोरोनाको थलो बन्न सक्ने सम्भावना र खतरा बढेर गएको स्वास्थ्यकर्मीले आशंका गरेका छन् । महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दसौदी कोरोना सङ्क्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने कुनै पनि मापदण्ड रोपाइँमा नअपनाइदा फेरि रोपाइँसँगै अर्को महामारी फैलिन सक्ने निकै सम्भावना बढेर गएको बताउनुहुन्छ ।

बिहानदेखि रोपाइँ नसकुञ्जेल ४०÷५० जना भेला हुन्छन् । कुनै एकलाई कोरोना भए पूरै समुदाय नै सङ्क्रमणको शिकार हुने निश्चित रहेको र महामारी फैलिने खतरा बढेको उहाँले आशंका गर्नुभयो। रोपाइँले कोरोना सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला अस्पताल दैलेखका निप्रमुख थिरप्रसाद रेग्मीले पनि चिन्ता व्यक्त गर्नुभयो ।

“कोरोना फैलिएर समुदाय नै समाप्त नहोस्, अनि त्यस्ता सम्भावित खतरा टार्न र कोरोना नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो, तर रोपाइँको सिजनले कुनै पनि गाउँमा नियम पालना भएको छैन”, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भन्नुभयो ।

तत्काल जिल्लास्थित कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारबालासँग सुझाव लिने काम गरिने उहाँले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।