प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ;उपप्रम पौडेल

काठमाडौँ,उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहनुभएका उहाँले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताउनुभयो ।

पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो । योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गर्नुभएको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराउनुभएको थियो ।

कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।