संविधानलाई सही बाटामा हिँडाइने छः अध्यक्ष दाहाल
चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दु,र्घटनामा जान नदिइने बताउनुभएको छ ।
माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई आज सम्बोधन गर्दै उहाँले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गनृुभयो । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।
यो पनि पढ्नुहोस
डोटी,कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ ।
कोरोना म,हा,मारीले पारेको असर र लामो समयसम्मको निषेधाज्ञाका कारण गरिखाने परिवारलाई साँझ बिहानको छाक टार्नसमेत धौधौ परेपछि मेची–महाकाली बुहारी संयुक्त आवाज तथा एस नामक संस्थाका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बाको संयुक्त सहयोगमा खाद्यान्न वितरण गरिएको हो।
नगरपालिकामा रहेका महिला, अपाङ्गता भएका, वृद्ध तथा दलित परिवारका महिलालाई चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको मेची–महाकाली बुहारी संयुक्त आवाज डोटी शाखाका संयोजक देवी खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार ११ परिवारलाई रु १७ हजार ५०० का दरले रु एक लाख ९२ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको छ । खाद्यान्न राहत पाएपछि अहिले नगरभित्रका विपन्न परिवार निकै खुशी हुनुका साथै उनीहरुका घरमा भात पाक्ने अवस्था आएको शिखर–११ का कलापती दमाईले बताउनुभयो ।


