अस्पतालका लागि जेनेरेटर सहयोग

रोल्पा, रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ ।
विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले एक सय केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो ।

वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएको थियो ।

अस्पतालको विकास र सुदृढीकरणका लागि नगरपालिकाले विशेष ध्यान दिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभयो ।

“अस्पतालाई सुधार गर्न विभिन्न पहल गरेका छौं”, उहाँले भन्नुभयो, “जनशक्तिको समस्या झैल्दै आएका अस्पताललाई नगरपालिकाले तीन जना स्वास्थ्यकर्मीसमेत उपलव्ध गराएको छ ।” विभिन्न स्वास्थ्य सामग्री खरिदका लागि पनि नगरपालिकाले अस्पताललाई सहयोग गर्दै आएको नगरप्रमुख केसीको भनाइ छ ।

“आन्तरिक श्रोत अत्यन्त न्यून रहेको अस्पताललाई नगरपालिकाले गरेको सहयोग अतुलनीय छ”, अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भन्नुभयो, “विद्युत्को अभावमा शल्यक्रिया सेवा समेत रोक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।