रोकिएनन् वि,वाह भो,ज गाउँभर स,ङ्क्रमित

बलेवा,जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले वि,वाह, व,र्तबन्ध र चौ,रासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला वि,वाह भो,जमा सहभागि भएका ३५ जनामा कोरोना स,ङ्क्रमण पुष्टि भएको छ।

एउटै गाउँमा यती धेरै जनामा स,ङ्क्रमण देखिएको हो । विवाहमा सहभागि भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना स,ङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाल बताउनुहुन्छ ।

गाउँभरीनै ज्व,रो, रु,घा, खो,की र श,रिर दु,ख्ने स,मस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही वि,वाहमा सहभागि एकै परिवारका चार जनाको स,ङ्क्रमणका का,रण मृ,त्यु, भएको थियो ।

“सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ”, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भन्नुभयो, “यदी कसैले नियम मिचे प्रशासनलाई खवर गरौँ ।” बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ ।

तर प्रशासनलाई पहिले खवर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउनुहुन्छ । बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।