सेनाद्वारा काठेपुल निर्माण
मनाङ, मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो ।
चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।
असार ४ गते अविरल वर्षापछि आएको बा,ढी,प,हि,रोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो ।
यो पनि पढ्नुहोस
मनाङ,मनाङ जिल्लाको स्थानीय निकायहरुले सडक र पुल मर्मत गर्न नसक्ने बताएका छन् । यही असार १ गते आएको बा,ढी,प,हिरोका कारण जिल्लाका सबै सडक र पुलमा क्ष,ति पुगेको छ ।
तत्काल जनजीवन सहज बनाउने कोशिसमा रहेपनि सडक र पुल मर्मतका लागि यहाँका स्थानीय निकाय असमर्थ भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो ।
असार १ गते परेको अबिरल वर्षाका कारण स्थानीय दुई खोलामा आएको बा,ढी,प,हिरोले बगाएको सडक र पुल मर्मत गर्ने क्षमता गाउँपालिकासँग नभएकाले केन्द्र र प्रदेश सरकारबाट पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । बा,ढी,प,हिरोले यहाँ सडक र पुल ब,गाएपछि खाद्य स,ङ्कट उत्पन्न हुन लागेको उहाँको भनाइ छ ।
बा,ढी,प,हिरोका कारण मनाङमा पहिलोपटक यति धेरै भौतिक संरचनामा क्ष,ति पु¥याएको हो । चामेमा बा,ढी,प,हिरोले ३० किलोमिटर सडकमा क्ष,ति पु¥याएको छ भने आठ झोलुङ्गे र दुई पक्की पुल तथा पाँच लघु जलविद्युत् आयोजना बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । बा,ढी,प,हिरोबाट यहाँका २०० घरका एक हजार नागरिक वि,स्थापित भएका छन् ।


