एप्पल ट्याबलेट कम्प्युटर विश्व बजारमा अग्रस्थानमा, दोस्रोमा सामसुङको उत्पादन

सियोल, एप्पल र सामसुङ इलेक्ट्रोनिक्सले ट्याब्लेट कम्प्युटरको बजारमा क्रमशः पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छन् ।

२१ औं काउन्टरपोइन्ट रिसर्चद्वारा ट्याब्लेट मार्केटबारे प्रकाशित बजार अनुगमन विवरणमा विश्वव्यापी ट्याब्लेट कम्प्युटरको बजार अघिल्लो वर्षको तुलनामा यो बर्ष ५३ प्रतिशतले वृद्धि भएको जानकारी गराइएको छ । गत वर्ष ट्याब्लेट बजारको वृद्धि दर १९ प्रतिशत थियो ।

यो बर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले २० प्रतिशत बजार पाएको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेको ट्याब्लेट उत्पादनले गत बर्ष ११ प्रतिशत बजारसहित तेस्रो स्थान ओगटेकोमा यो बर्ष उक्त स्थान कायम राखेपनि बजार पहुँचमा मात्रै पाँच प्रतिशत स्थान रहेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकी सरकारले ठूलो संख्यामा चिनियाँ इलेक्ट्रोनिक्स, टेलिकम्युनिकेशन र हुवावेलगायत ड्रोन कम्पनीलाई कालोसूचीमा समावेश गरेका कारण हुवावेको बजारमा निकै गिरावट आएको हो ।

कम्पनीलाई कालोसूचीमा समावेश गरिएपछि यसले अमेरिकी कम्पनीहरूको स्वामित्वको ‘प्याटेन्ट’ र स्रोत प्रविधिहरू साथै अमेरिकी प्रबिधि समावेश गर्ने अंशहरू खरीद गर्न सक्दैन ।

यसबाहेक कालोसूचीमा रहेका कम्पनीहरू सूचीकृत हुन सक्दैनन् । स्मार्टफोन र ट्याब्लेटको पार्ट्स पाउन नसक्दा हुवावेले नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन सक्दैन ।

सामसुङको ग्यालक्सी ट्याब एस–सेभेन लाइट हालै युरोपका धेरै देशहरूमा लोकप्रिय बनेको छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, यूरोपेली मुलुकहरूका शैक्षिक संस्थामाझ लोकप्रिय बनेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।