अनेकौं आक्रमण झेलेर पनि विकास र सुशासनको यात्रा बढिरहेको छ : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका¬¬–६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताउनुभयो ।
उहाँले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो ।
यो पनि पढ्नुहोस
सल्यान,त्रिवेणी गाउँपालिकाले अनुदान उपलव्ध गराएपछि किसान उत्साहित हुन थालेका छन् । गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराएपछि किसान कृषि तथा पशु व्यवसायमा आकर्षित हुन थालेका हुन् ।
गाउँपालिकाले प्रति खसीबोका रु पाँच सय, दूधमा प्रतिलिटर रु पाँच र अण्डामा प्रतिगोटा पैसा ५० अनुदान दिँदै आएको छ । जिल्लामै पहिलोपटक प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिन थालेपछि कृषकले व्यवसाय विस्तारसमेत गर्न थालेका छन् ।
किसानलाई दिइने अनुदानल उत्साह मात्रै नथपेर उत्पादनमा समेत वृद्धि भएको गण्डकी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको नीतिअनुसार उत्पादक किसानलाई अनुदान दिन थालिएपछि उत्पादन वृद्धि भएको त्रिवेणी गाउँपालिका पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिनुभयो ।


