नेपालकै पहिलो ब,हुपति प्र,थामा आधारित चलचित्र ‘टु,ल्की’को छायाङ्कन

डोल्पा, ब,हुपति प्र,थामा आधारित नेपालकै पहिलो चलचित्र ‘टु,ल्की’को छायाङ्कन गरिएको छ । द पाल्म ग्रुप प्रालिद्वारा निर्माण गर्न लागिएको उक्त चलचित्र जिल्लाको फोक्सुण्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायत हिमाली जिल्लामा कुप्रथाका रुपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टु,ल्कीमार्फत देखाइएको निर्माता शेखर लामाले जानकारी दिनुभयो । “नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित कुनै पनि चलचित्र बनेको छैन, टुल्की पहिलो चलचित्र हो, निकै जोखिम मोलोर खिचिएको यस चलचित्रका लागि झण्डै चार वर्ष अनुसन्धान नै गरे”, निर्माता लामाले भन्नुभयो ।

ब,हुपति प्र,थामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य दाजुभाइले बिहे गर्नु पर्दैन । जुन भाइले पहिला बिहे गरे तिनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रचलन छ ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको सामूहिक ब,ला,त्कारको दुखान्त कथावस्तुलाई उजागर गरिएको लामाको भनाइ छ ।

चलचित्रमा बहुपति प्रथामा मात्र सीमित नभई पश्चिम नेपालमा कु,प्र,थाका रुपमा व्याप्त छाउपडी प्रथालाई पनि उजागर गर्न खोजिएको निर्माण पक्षको भनाइ छ ।

छायाङ्कन गर्नका लागि मात्रै तीन महिना समय लाग्नाका साथै चलचित्र तयारी हुँदासम्म करीब रु एक करोड खर्च अनुमान गरिएको अर्का निर्माता आरपी कर्माचार्यले बताउनुभयो ।

निर्माता कर्माचार्यका अनुसार अहिलेसम्म बनाइएका अन्य चलचित्रभन्दा फरक प्रकृतिको चलचित्र भएको जनाउँदै अबका दुई महिनापछि नै चलचित्र निर्माणकार्य सम्पन्न हुनेछ । चलचित्र छायाङ्कन सुशील अधिकारीले गर्नुभएको छ भने निर्देशन देवजङ्ग थापाले गर्नुभएको हो ।

चलचित्रमा प्रोडक्शन म्यानेजर भएर कलाकार लक्ष्मण देवकोटाले काम गर्नुभएको छ । चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने लगायतको कलाकारको अभिनय रहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।