का,लो ढु,सी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने

बलेवा, आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ । का,लो ढु,सी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । का,लो ढु,सीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

कोरोना म,हा,मा,री नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले का,लो ढु,सीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो ।

बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, का,लो ढु,सी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । “भारत लगायतका देशमा म,हा,मा,रीको रुपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ”, पौडेलले भन्नुभयो, “कोरोना म,हा,मा,रीको जस्तो पूर्व तयारी बिना यो रोगसँग बच्न कठिन छ ।”

नगरपालिकाले आधारभूत स्वास्थ्यको जिम्मेवारी लागू गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, का,लो,ढु,सीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताउनुभयो । श,व बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समावेश छन् । “गरिबसँग मेयर ऋषिराम” कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना म,हा,मा,रीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति लिएको पौडेलले बताउनुभयो ।

जो,खि,म,पूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शय्याको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ । नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नति गरी पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएका छन् । मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रवद्र्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रवद्र्धन कार्यक्रमलाई जोड दिईएको पौडेलले बताउनुभयो ।

भगत सर्वजीत सीप रोजगार प्रवद्र्धन कार्यक्रम आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ । कला सहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कु,कुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।