आर्थिक बर्षका लागि बजेट बिनियोजन गर्दा स्वास्थ्यमा पहिलो प्राथमिकता

महेन्द्रनगर, स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा मध्यम स्थिति रहेको कञ्चनपुरका पालिकाले नयाँ बजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् ।आगामी आर्थिक बर्षका लागि यहाँका पालिकाले बजेट बिनियोजन गर्दा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार, शिक्षा,कृषि र स्वास्थ्यका अन्य क्षेत्रमा लगानी बढाएका छन्

कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पहिलो प्राथमिकतामै स्वास्थ्य क्षेत्रलाई राखेर कोरोना सङ्क्रमण रोकथाम, जोखिम न्यूनीकरण, आवश्यक उपचारका लागि स्वास्थ्य संस्थाहरुलाई स्रोतसाधन र जनशक्ति विकासमा विशेष जोड दिएकोे छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले आगामी बर्ष ‘ म स्वस्थ्य मेरो नगर स्वस्थ्य’ अभियान सञ्चालन गर्ने नीति अबलम्बन गरिएको जानकारी दिनुभयो ।“ शारिरीक र मानसिक स्वास्थ्यताका लागि योग, व्यायम र ध्यान गर्न यहाँका सामाजिक संघसंस्थासित सहकार्य गरेर नगर योग केन्द्र सञ्चालन गरिनेछ ।” उहाँले भन्नुभयो–“ गड्डाचौकी नाका हँुदै नेपाल प्रवेश गर्ने नेपालीहरुलाई हेल्थ डेस्क स्थापना गर्नुका साथै होल्डिङ्ग सेन्टर सञ्चालनमा ल्याई थप स्रोतसाधन सम्पन्न बनाइने योजना छ ।”

यहाँको महाकाली प्रादेशिक अस्पताललाई कोरोना भाइसर परीक्षणका लागि पीसीआर मेसिन खरिद गरिदिएको नगरपालिकाले निःशुल्क परीक्षणका लागि अस्पताललाई आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।“ कोरोनाबाट मानवीय क्षेत्र व्यहोरेका लागि राहत सहयोग गर्न पनि पहल गरिनेछ ”, उहाँले भन्नुभयो“ कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई प्रोत्साहन गर्न बजेट बिनियोजन गरिएको छ ।”

भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि रु एक अर्व ५९ करोड बजेट पारित गरेको छ ।त्यसैगरी यहाँको बेदकोट नगरपालिकाले पनि स्वास्थ्य क्षेत्र र संक्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी बर्षका लागि बजेट ल्याएको छ । सो नगरपालिकाले रु ८३ करोड ९२ लाख बराबरको बजेट सार्वजानिक गरेको छ ।

नगरप्रमुख अशोककुमार चन्दले नगरमा अक्सिजन प्लान्ट निर्माणका लागि भवन र आइसोलेशन भवन निर्माण गरिने बताउनुभयो ।“ कोभिड नियन्त्रणका लागि जनशक्ति थप गर्नुका साथै कोभिड अस्पताल समेत सञ्चालन गर्ने योजना छ ।” उहाँले भन्नुभयो–“ अवस्था सामान्य भए त्यहाँका कर्मचारीहरु बेदकोट नगर अस्पतालमा खटाइनेछन् ।”महामारी र प्राकृतिक प्रकोपबाट बढी जोखिममा रहेका कृषकलाई पारिवारिक पोषण लगायतका खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकाले पनि कोभिड–१९ नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा बजेट मार्फत जोड दिएको छ ।गाउँपालिकाका उपाध्यक्ष कमलादेवी कार्कीले आगामी बर्षको बजेटमा हाल देखिएको कोभिड नियन्त्रणलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यसैगरी यहाँको दोधारा चादँनी, शुक्लाफाटा, बेलौरी, पुर्नबास र कृष्णपुर नगरपालिकाले पनि आगामी बर्ष कोभिड–१९ नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।त्यसका साथै सडक लगायतका पुर्वाधार विकास, कृषिलाई प्रोत्साहन हुने, शैक्षिक क्षेत्रको सु्धार र विस्तार लगायतका विभिन्नि क्षेत्रलाई समेटेर बजेट बिनियोजित छ ।हाल कोरोना सङ्क्रमण न्युन रहेको कञ्चनपुरमा शनिबार एकजनामा पनि पनि सङक्रमण पुष्टि भएन ।

महाकाली अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या घटिसकेको छ ।यहाँस्थित स्वास्थ्य कार्यालयले सङ्क्रमणदर घट्दै गइरहेको जनाएको छ । सो कार्यालयले यहाँका सीमानाकाबाट स्वदेश फर्किने नागरिकहरुलाई सीमा क्षेत्रमा कोरोना परीक्षण भने जारी राखेको छ ।कार्यालय प्रमुख शिवराज सुनारले सङ्क्रमणबाट जिल्लामा १ सय ८६ जनाको मृ,त्यु भएको बताउनुभयो । नौ पालिका रहेको यहाँ करिब पाँच लाख जनसङ्ख्या छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।