धनकुटामा २ सहित प्रदेश १ मा ३३९ संक्रमित थपिए,९३७ संक्रमणमुक्त

विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ ।

प्रदेश १ मा आज ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहवीमा ४, धरान र इनरुवामा ३–३, देवानगञ्ज र हरिनगरमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७–७, बा¥हदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, गौरीगञ्ज र गौरादहमा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, संखुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवासमा १–१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖