प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज सदन अवरोध

विराटनगर, प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १४ औँ बैठक आज स्थगित भएको छ। निर्धारित समयअनुसार सञ्चालन हुन लागेको सभामा नेकपा (माओवादी केन्द्र) का सदस्यले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले लगातार आसन ग्रहणका लागि अनुरोध गर्नुभएको थियो ।

सदन अवरुद्ध भएपछि आफ्ना कुरा राख्दै प्रदेशसभा सदस्य रामकुमार राईले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा सम्बन्धित मन्त्री अम्बिरबाबु गुरुङले अमर्यादित, अशोभनीय र गैरजिम्मेवारीपूर्वक जवाफ दिएकाले उहाँले सदनमा माफी माग्नुपर्ने धारणा राख्नुभयो ।

सदस्य राईले आत्मालोचनासहित सदनमा सम्बोधन नगरेसम्म सदन लगातार अवरोध गर्ने जानकारी दिँदै प्रदेश सरकारले बजेट पुनः लेखन समिति बनाएर बजेट बनाउन लागेको कुरा सुत्रमा आएकाले यसको पनि जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सदनमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक आय–व्ययको बजेट सार्वजनिक भइसकेपछि सरकारले असंवैधानिक तरिकाले बजेट बनाउन नहुने तर्क गर्दै उहाँले भत्रुभयो, “यदि बजेट नै बनाउनुपर्ने भएमा सदनमै छलफल गरेर बनाउनुपर्छ ।” प्रदेशसभाको अर्को बैठक मङ्गलबार मध्याह्न १२ः३० मा बस्ने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।