प्रदेश १ मा ४६३ संक्रमणमुक्त, ४२९ संक्रमित थपिए

विराटनगर, १५ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, संखुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७४, इटहरीमा ६३, रामधुनीमा ६, बराहक्षेत्रमा ४, दुहवी र गढीमा २–२, कोशी गाउँपालिका, हरिनगर, भोक्राहा र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ७१, सुन्दरहरैचामा १०, बुढीगंगामा ८, उर्लाबारीमा ६, लेटाङ र केराबारीमा ५–५, मिक्लाजुङमा ४, पथरीशनिश्चरेमा ३, कटहरी र बेलबारीमा २–२, कानेपोखरी, रंगेली, रतुवामाई, धनपालथान, जहदा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २९, दमकमा २०, भद्रपुरमा १३, अर्जुनधारामा ८, कनकाई र मेचीनगरमा ७–७, शिवसताक्षीमा ५, झापा गाउँपालिकामा ३, बा¥हदशीमा २, गौरीगञ्ज, हल्दिबारी र स्थानीय तह नखुलका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, साँघुरीगढी र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिकामा ५, माईजोगमाई, मांसेबुङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र कटारीमा २–२, संखुवासभाको चैनपुरमा २, भोजपुरको भोजपुर जगरपालिका र स्थानीय हत नखुलेका १–१, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, ताप्लेजुङको फुङलिङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ३०१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१४ रहेको छ । प्रदेश १ मा आज १ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २०४ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।