धनकुटामा १० सहित प्रदेश १ मा थपिए ३६८ संक्रमित, ७१७ संक्रमणमुक्त

विराटनगर, १६ असार । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ । सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ । प्रदेश १ मा आज १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।