खो,प लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था भय पनि, कोभिसिल्ड खो.प लगाएकालाई संघले मान्यता नदिने
ब्रसेल्स, युरोपेली संघले कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ ।
संघले सबै खो,प लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ । संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा बनाइएको कोभिसिल्डलगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास गर्न नसकिने जनाएको हो ।
चिकित्सा कार्यालयले कोभिसिल्डलाई विश्वास नगरेपछि युरोपेली संघले पनि उनीहरूलाई युरोप प्रवेश गर्न अनुमति नदिन सकिने निश्कर्ष निकालेको छ ।
युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खो,प लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।
अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खो,प लगाएकाहरूलाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिएमा मात्रै युरोपमा कोरोनाभाइरसको स,ङ्क्रमण थप फैलिन कम हुने उनीहरूको भनाइ छ ।
युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ ।


