विगु र गौरीशङ्करका नागरिकलाई खो,प लगाइने

दोलखा, चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएका दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकाका स्थानीय वासिन्दालाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइने भएको छ । विगुका ४५ वर्ष माथिका र गौरीशङ्कर गाउँपालिकाका ४० वर्ष माथिका सबै स्थानीयलाई खोप दिइने भएको हो ।

दुई स्थानीय तहका नागरिकलाई यही असार २५ गतेदेखि २७ गतेसम्म सम्बन्धित पालिकाको स्वास्थ्य संस्था र खोप केन्द्रमा कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसिल खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।

दुबै गाउँपालिकाका लागि सात हजार २०० भेरोसिल खोप प्राप्त भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खोप लगाउन चाहने व्यक्रिले नागरिकता, मतदाता परिचयपत्र तथा स्थायी ठेगना खुल्ने सरकारी कागजात वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने छ ।

जेठ २५ देखि २ असारसम्म भेरोेसिलको पहिलो खोप लगाएका जिल्लाभरका ६२, ६३ र ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक र सोही समयमा पहिलो खोप लागाएका अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि दोस्रो खोप दिने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖