प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

विराटनगर,१९ असार । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ ।

प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, ते¥हथुममा ४, इलाम र संखुवासभामा ३–३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा २७, इटहरीमा २५, रामधुनीमा ४, दुहवीमा ३, बर्जु र गढीमा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ४०, केराबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, बेलबारीमा २, कटहरी, ग्रामथान, उर्लाबारी, मिक्लाजुङ र लेटाङमा १–१, झापाको दमकमा १७, भद्रपुर र मेचीनगरमा ५–५, कमल गाउँपालिकामा ४, विर्तामोडमा २ र शिवसताक्षीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १६, धनकुटाको धनकुटा नगरपालिकामा ६ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा ३ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ३, संखुवासभाको चैनपुरमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७२ हजार ७२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ७२२ रहेको छ । प्रदेश १ मा आज ५७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११४ महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।