१ सय १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै खेलकुद महासंघ धनकुटाको जिल्ला भेला सम्पन्न

धनकुटा,असार १९ । नेपाल खेलकुद महासंघ धनकुटाको १ सय १३ सदस्य जिल्ला कार्यसमिति गठन गर्दै आज जिल्ला भेला सम्पन्न भएको छ ।

नेकपा एमाले धनकुटाका अध्यक्ष तथा निवर्तमान प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईको प्रमुख आतिथ्य तथा जिल्ला खेलकुद माहासंघका अध्यक्ष ऋषि राम पराजुलीको अध्यक्षतामा सम्म्पन्न जिल्ला भेलाबाट जिल्ला कमिटी १ सय १३ सदस्य र सात वटै स्थानिय तहहरुमा संयोजक र सचिव घोषणा गर्दै सम्पन्न भएको हो ।

जिल्ला कमिटी अध्यक्षमा ऋषि राम पराजुली रहनु भएको छ भने उपाध्यक्षमा भुपाल घले , महिला उपाध्यक्षमा दालामु शेर्पा, सचिव कृष्णा मल्ल ,सहसचिव गणेश लिम्बु,सहसचिव महिला अनु राई,सहसचिव पदम चेम्जुङ, सहसचिव वुद्ध लिम्बु, र कोषाअध्यक्ष टिका राई सहित १ सय १३ सदस्य संख्या रहने गरी जिल्ला कार्यसमिती र सात वटै स्थानिय तहको प्रमुख र सचिव पार्टी अध्यक्ष तथा निवर्तमान प्रतिनिधि सभासदस्य राईले घोषणा गर्नु भएको थियो ।

भेलाले विभिन्न निर्णय प्रस्तुत गर्दै गत आसार १० गते पाख्रिबास नगरपालिकाको वार्षिक निती तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने क्रममा नेपाली काङग्रेस लगायतका पार्टीहरुको मिलेमतोमा सांघातिक आ’क्रमण गरी तोडफोड गर्ने र जनप्रतिनिधिहरु माथि हातपात गर्ने काम प्रति जिल्ला खेलकुद महासंघ धनकुटाको भेलाले घोर भत्र्सना र निन्दा भएको भन्दै उक्त घटनामा संलग्न अपराधीहरुलाई कारवाही गर्न र नोक्सान भएको सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति गर्न जोडदार माग गरिएको छ ।

त्यस्तै गरी वर्षा यामको शुरुवात संगै आएको अविरल वर्षा ,हावाहुरी, र बाढी पहिरो को कारण ज्यान गुमाएका परिवार र बाढी पिडितहरुलाई आर्थिक सहयोग संकलन गर्ने प्रस्ताव पारित गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

भेलामा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान , जिल्ला खेलकुद माहासंघका केन्द्रिय सचिवालय सदस्य भोगेन्द्र थापा केन्द्रियहरु कल्पना थापा ,चन्द्र सुब्बा , जिल्ला पार्टी सचिव भिम राई , जिल्ला सचिवालय सदस्य तारा तितुङ , नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ लगायतले जिल्ला भेलाबाट सर्वसम्त चयन हुनुभएका नयाँकार्य समितिलाई कार्यकाल सफलताको शुभकामना सहित बधाई ग्यापन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव कृषण मल्लले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।