महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल

बझाङ,नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने , केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरु हुन थालेको छ ।

आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा १० गाउँपालिका र २ नगरपालिकाका ९४ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाल जिल्लामा कोही पनि नेता नआएकाले आधिकारिकरूपमा सभापतिका लागि कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ । सामाजिक सञ्जाल हेर्दा त आकाङ्क्षी धेरै देखिएका छन् ।

पार्टीले बैठक बोलाएको छैन, साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ। बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौँ, सहमतिमै सभापति चयन गर्छौँ ।”

गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा एक हजार ५०४ जना सहभागी हुने भएका छन् । उहाँले भन्नुभयो “धेरै आकाङ्क्षी हुनु स्वभाविकै हो । कांग्रेसमा सबैको योगदान छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौँ । ” पार्टीको बैठक बसेपछि सभापति पदका आकाङ्क्षीका थाहा हुनेसमेत पूर्वसभापति सिंहले बताउनुभयो ।

सभापतिमा १० को चर्चा

सभापतिका लागि जिल्लामा सात स्थानीय तहबाट १० नेता आकाङ्क्षी देखिएका छन् । यसमा जयपृथ्वी नगरपालिकाबाट वर्तमान पार्टी सभापति हर्कजङ्गबहादुर सिंह, क्षेत्रीय सभापति भरतराज जोशी, पूर्व जिविस सभापति, जयपृथ्वी नगर प्रमुखमा पराजित चेतराज बजाल, मष्टा गाउँपालिकाबाट पार्टी उपसभापति ज्ञानबहादुर बोहरा, सुर्मा गाउँपालिकाबाट खड्कबहादुर बोहोरा, पार्टी प्रवक्ता पुष्कल बोहोरा, केदारस्युँ गाउँपालिकाबाट रमेश भण्डारी, थलारा गाउँपालिकाबाट देवराज शर्मा, खप्तड छान्ना गाउँपालिकाबाट जगत्प्रसाद जोशी, बुङ्गल नगरपालिकाबाट प्रताप गुरुधामीको जिल्ला सभापतिका लागि चर्चा चलेको छ भने पाँचवटा स्थानीय तह वित्थडचिर , तलकोट , दुर्गाथली , छविसपाथिभेरा र साइपाल गाउँपालिकाबाट भने सभापतिमा को उठ्ने भन्ने खुलेको छैन ।

जिल्लामा यसपटक तीन हजार ८०० सयको हाराहारीमा क्रियाशील सदस्य थपिएका छन् । यसको नामावली केन्द्रमा पठाइ छानबिन भइरहेको बताइएको छ । यो सहित क्रियाशील सदस्यको सङ्ख्या लगभग सात हजार ७०० पुगेको प्रवक्ता बोहराले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।