धनकुटामा ८ सहित आज प्रदेश १ मा थपिए ३५२ संक्रमित, ४२७ संक्रमणमुक्त

विराटनगर, २५ असार । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।

प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।