“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ ‘सु,त्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम

दाङ, पश्चिम दाङको बबइ गाउँपालिकाले ‘सु,त्केरी पोषण उ,त्प्रेरणा’ कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सु,त्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिनुभयो ।

“स्वस्थ आमा, स्वस्थ बच्चा” भन्ने मुल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउनु हुन्छ । भत्तारकम दुई हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ ।

गत असार १० गते आयोजना गरिएको नवौँ नगरसभामा उपाध्यक्ष विश्वकर्माले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गर्नुभएको रु ५१ करोड ६४ लाखको बजेट सर्वसम्मतिले पारित भएको छ ।

कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ । “ हाम्रो बबइ राम्रो बबइ, खुसी जनता समृद्ध बबई गाउँपालिका” नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ ।

त्यस्तै सस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ । त्यस्तै बङ्गलाचुली गाउँपालिकाले शहिद तथा बेपत्ता परिवार, द्धन्दका घाइते, अपाङ्गता भएकालाई मासिक रु पाँच सय वृत्ति विकासको व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले जानकारी दिनुभयो ।

सो गाउँपालिकाको गत असार ९ गते आयोजना गरिएको नवौ नगरसभामा उपाध्यक्ष घर्तीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।