धनकुटामा ७ जना सहित प्रदेश १ मा आज थप ४३९ मा संक्रमण पुष्टि

विराटनगर, ३० असार । प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, झापा गाउँपालिकामा १, सुनसरीको धरानमा ८०, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, ते¥हथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ६२८ पुगेको छ । संक्रमित भएका मध्ये ६९ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५५९० रहेको छ । आज ३४२ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।