खो,प अभियान ब्राजिल मा प्रभावकारी ,अस्पतालमा भर्ना र मृ,त्यु,दरमा कमी

रियो दि जेनेरियो, ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खो,पमा भएको प्रगति र खो,प अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृ,त्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।

महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ ।

यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।

“खोप विशेष गरी ग,म्भीर अवस्थालाई रोकथाम गर्न प्रभावकारी देखिएको छ,” फियोक्रुजले भन्नुभयो । उहाँले सामाजिक दूरीलाई निरन्तरता दिनु, मास्कको प्रयोग र स्वच्छताका उपायहरूमा जोड दिँदै सम्पूर्ण जनतालाई खोप लगाउन आग्रह गर्नुभयो ।

“उपलब्ध खो,पहरूको प्रभावकारिता कम गर्ने सम्भाव्यतासहित भेरियन्ट्सको उदय हुने सम्भावना अझै छ यसलाई बेवास्ता गर्न सकिदैन । त्यसैले अझै स्वास्थ्य सुरक्षाका उपायलाई अबलम्बन गर्नु कोभिड नियन्त्रणका लागि आवश्यक हुनेछ ।”

सरकारद्वारा उपलब्ध गराइएको तथ्याङ्क अनुसार लगातार तेस्रो हप्तासम्म कोभिड–१९ का कारण भएका मृ,त्युदर र सङ्क्रमणका घटनामा कमी देखिएको छ । यद्यपि तिनीहरू उच्च रहेका छन् ।

गत हप्ता औसतमा कोभिडका कारण एक हजार ३०० को मृ,त्यु भएको र ४६ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । ब्राजिलमा अहिले पनि मृ,त्यु दर तीन प्रतिशतको हाराहारीमा रहेको छ । यो मृत्युदरलाई उच्च मानिन्छ ।

ब्राजिलमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख रहेको छ भने पाँच लाख ३५ हजार सङ्क्रमित व्यक्तिको मृ,त्यु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖