थप दुई हजार ९३६ मा सङ्क्रमण पुष्टि

काठमाडौँ,पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृ,त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो । हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृ,त्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहनुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।