आगामी १०० दिनमा बढी जो,खिम रहेको भनाई, भारतमा म,हा,मा,रीको तेस्रो वेभको ख,तरा

नयाँ दिल्ली, भारतको सरकारले नै कोभिड १९ को म,हा,मा,रीको तेस्रो लहरको ख,तरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई म,हा,मा,रीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावानी दिनुभएको हो । उहाँले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ–हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै ख,तरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नाैँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो म,हा,मा,री विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड १९को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।