रगत चाहिए , तत्काल रक्तदान गर्ने ,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकै भर !

मान्म,जिल्ला अस्पता कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् ।

अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त सङ्कलनमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गर्नुभएको थियो ।

बिरामीलाई रगत अभाव भएमा फेसबुक पोष्ट गर्नुपर्ने र फोन गरी रक्तदातालाई बोलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख कटकबहादुर महतले हालसम्म १३ र अस्पतालका स्वास्थ्यकर्मी प्रकाश अधिकारीले १० पटक रगत दान गरिसक्नुभएको छ ।

पचास श्ययाको अस्पताल सञ्चालनमा आउनेबित्तिकै अस्पतालमा ब्लड बैंक स्थापना गर्ने प्रमुख महतले जानकारी दिनुभयो । “ब्लड बैंक स्थापनाका लागि पहिले नै पहल गरिएको हो”, उहाँले भन्नुभयो, “बत्तीको अभावका कारणले स्थापना गर्न सकिएको थिएन ।”

जिल्लामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । “अहिले बिरामीलाई रगत अभाव भएमा फोन गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अन्य दाताहरुको सहयोगमा रगत प्राप्त गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “रगत समयमा पाउन नसकेमा अन्य अस्पतालमा पठाउने गरेका छौँ । रगतको अभावमा बिरामीको ज्यान भने गएको छैन ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।