अस्पतालमा बढ्न थाले स,र्पदंशका बिरामी, स,र्पले ड,सेर दैनिक पाँच÷सातजना बिरामी अस्पताल आउने

चितवन,भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु स,र्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । स,र्पले ड,सेर दैनिक पाँच÷सातजना बिरामी अस्पताल आउने गरेका छन् ।

अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म वि,षालु स,र्पले ड,सेर आएका ३५ जनाको उपचार गरिएको छ ।

सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उहाँले भन्नुभयो “केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।” जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ्, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।

गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो । पौडेलका अनुसार अस्पतालमा वैशाखदेखि असोजसम्म स,र्पले ड,सेका बिरामी आउने गर्दछन् ।

भरतपुर अस्पतालमा रहेर लामो समय स,र्पदंशको उपचार र अध्ययन एवं अनुसन्धानमा जुट्नु भएका वरिष्ठ फिजिसियन डा विजय पौडेलका अनुसार सो अस्पतालमा एक वर्षमा पाँच सय देखि ६०० जनासम्म सर्पदंशका बिरामी आउने गर्दछन् । तीमध्ये १५० हाराहारी विषालु सर्पले डसेका हुने गरेको उहाँको भनाइ छ ।

यहाँ आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जो,खिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकास लिनुभएका पौडेलका अनुसार मानिसलाई डस्ने स,र्पमध्ये ८० प्रतिशत विशालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उहाँले जानकारी दिनुभयो ।

विगत वर्षमा सर्पदंशबाट धेरैको मृत्यु हुनेगरेको स्मरण गर्दै उहाँले पछिल्ला दिनमा मृत्यु दर निकै कम हुँदै गएको जानकारी दिनुभयो । भरतपुर अस्पतालमा सघन उपचार कक्ष स्थापना पूर्व विषालु सर्पले डसेकामध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने गरेको उहाँको भनाइ छ ।

विसं २०६५ मा भरतपुर अस्पतालमा सघन उपचार कक्ष वनेसँगै स,र्पदंशका बिरामी बचाउन सकिएको उहाँको अनुभव छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदाश अधिकारीले पछिल्ला वर्षमा सर्पदंशका बिरामी बचाउन सकिएको बताउनुभयो । मृ,त्यु दर घट्नुमा अस्पतालमा सघन उपचार कक्षलगायत विशिष्टिकृत सेवा शुरु हुनु, अध्ययन एवं अनुसन्धानले उपचार पद्दतिमा सहजता आउनु, जनचेतनाका कारण बिरामी समयमानै अस्पताल आउनुलगायत रहेको उहाँको भनाइ छ ।

उहाँले यो मौसममा घरमा नै आएर करेत सर्पले डस्न सक्ने भएकाले घरमा सुत्नु अघि उच्च सावधानी अपनाउन, खेतबारीमा जाँदा बुट लगाउन, हिँडडुल गर्दा शरीरको पूरै भाग छोपिने गरी कपडा एवं जुत्ता लगाउन, घर वरिपरी भएका झाडी फाँड्न र सर्पले डसिहालेमा तत्काल अस्पताल आउन सुझाव दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।