प्रदेश १ मा ३०८ संक्रमणमुक्त, २५२ संक्रमित थपिए

विराटनगर, ३ साउन । प्रदेश १ मा आज ३०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५२ जना कोरोना संक्रमित थपिएका छन् । ९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, ते¥हथुम र उदयपुरमा ४–४, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा २४, विर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५–५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र बराहक्षेत्रमा ४–४, दुहवीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १–१, ते¥हथुमको मेन्छेयायेममा २, म्याङलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७८ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।