पत्रकारलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाउन अनुरोध

ललितपुर, ५ साउन नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।