अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दु,र्घटनाको सङ्ख्या दोब्बर वृद्धि

चितवन, ६ साउन जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दु,र्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दु,र्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो ।

गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० ग,म्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन् ।

कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दु,र्घटना बढेको थापाले बताउनुभयो । दु,र्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन् ।

कार्यालयका अनुसार गत आवमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ । उनीहरुबाट कारवाहीस्वरुप रु दुई लाख ४४ हजार ५०० जरिवाना गरिएको छ । यस्तै ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस्तै कार्यालयले गत आवमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।