प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता

काठमाडौँ, ६ साउन ,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भन्नुभएको छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने बिपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि बिपीले गर्नुभएको सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो ।

कार्यक्रममा सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीले नेपाललाई लोकतान्त्रिक समाजवादी देशको रुपमा स्थापित गर्ने बिपीको सपना अझै पूरा हुन नसकेको उल्लेख गर्नुभयो । बिपीको सोचअनुसारको लोकतान्त्रिक समाजवादी नेपाल निर्माण गर्नसके निम्न वर्गका मानिसको पनि जीवनस्तर उकास्न सकिने उहाँको भनाइ थियो ।

बिपी स्मृति दिवसकै अवसरमा सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा रहेको विपी कोइरालाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो ।

नेपालमा फैलिइरहेको नयाँ भेरियन्टसहितको कोरोना जोखिमलाई ध्यान दिँदै भौतिक दूरी कायम गरी सीमित व्यक्तिका बीच गरिएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले माल्यार्पण गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖