प्रदेश १ मा ४५८ संक्रमित थपिए

विराटनगर, ७ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ यि १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा ७०, विर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७, बुद्धशान्तिमा ६, बा¥हदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१, सुनसरीको धरानमा ४९, इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् । आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।