रावलको राजीनामा फिर्ता

काठमाडौँ, ८ साउन ,नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो ।

गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिनुभएको थियो ।

डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाउनुभएको थियो ।

पार्टीलाई एकताबद्ध बनाउन लाग्नुभएका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।