अब अनलाइनबाटै यसरी तिर्न सकिन्छ सवारीसाधनका सबै कर

मकवानपुर, ८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो ।

उहाँले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

उहाँले प्रदेशका करिब २० लाख सवारी धनीलाई कम समयभित्र झण्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकामा प्रशन्नता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलाई अब आर्थिक क्रान्तिका रुपमा जोड्ने कार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र केही हप्ताभित्रै निर्माणका लागि अन्तरराष्ट्रिय बोलपत्रको स्वीकृति प्रदान गरिने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले इन्धनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रथम चरणमा काठमाडौँ उपत्यकालगायत सात स्थानमा विद्युत् बस खरिद गरी सञ्चालन गर्ने निधो गरिसकिएको र आगामी जेठ मसान्तसम्ममा विद्युतीय बस सञ्चालन गर्ने मन्त्रिपरिषद्को अठोट रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्रमुख स्रोतका रुपमा रहेको यातायात राजस्वलाई असुलीमा थप तीव्रता ल्याई गत आर्थिक वर्ष २०७७÷७८ मा रु नौ अर्बभन्दा बढी अर्थात् चालू आवमा करिब रु २० अर्ब राजस्व असुली गर्ने लक्ष्य रहेको र सो लक्ष्यलाई सार्थकता तुल्याउन सवारीसाधन दर्ता प्रक्रियालाई नयाँ प्रविधिबाट शुरुआत गरिएकामा प्रदेश सरकारको थप उपलब्धि भएको जानकारी गराउनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुङ्गेलले सरकारले प्रदेशका सबै यातायात व्यवसायी र सवारी धनीलाई राजस्व तिर्ने प्रक्रियालाई अब आफ्नो घरबाट अनलाइनबाट तिर्न सकिने भएका कारणबाट राजस्व थप असुलीको प्रतिशतमा वृद्धि हुने उल्लेख गर्दै व्यवसायीले पनि समयभित्र यातायात व्यवस्थापन कार्यालयमा सहजीकरण गरेर जरिवानाबाट मुक्त हुने प्रयास गर्नुपने बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा आफ्नो घरमै बसेर सवारी साधनको राजस्व अनलाइनमार्फत तिर्ने र सवारी दर्ता प्रक्रियालाई सहजीकरण गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

प्रदेशका मुख्य सचिव डा मुकुन्दप्रसाद पौड्यालले प्रदेश सरकारले अब यातायात क्षेत्रको व्यवसायीलाई नयाँ मार्गदर्शनका साथ सञ्चालनमा ल्याउन अनलाइन सेवामार्फत राजस्व भुक्तानी र सूचना प्रणालीलाई शुभारम्भ गरिएको उल्लेख गर्दै व्यवसायीलाई पनि आआफ्नो व्यवसाय सञ्चालन गर्न सरकारले सेवासुविधा उपलब्ध गराउनेतर्फ छिट्टै पहल गरिने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल र उक्त मन्त्रालयका महाशाखा प्रमुख नवीनकुमार सिंहले यातायात क्षेलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउनाका साथै अनलाइन सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरुप सवारी साधनको राजस्व भुक्तानी अनलाइनमार्फत तिर्न ‘विद्युतीय माध्ययमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८’ लाई कार्यान्वयनमा ल्याइने बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।