प्रदेश १ मा आज ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, ८ साउन । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३८, विर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दिबारी र गौरादहमा ३–३, कचनकवल र बा¥हदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २–२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवासमा ४, छथरमा ३, चौवीसेमा २, शहिदभूमीमा १, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र माईमा २–२, रोङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।