प्रदेश १ मा १ हजार ९१ जनामा कोरोना संक्रमण,८ जनाको मृ त्यु

विराटनगर, ९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ९१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २–२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ४९, भद्रपुरमा २०, विर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ७७, इटहरीमा ९, बराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।