धनकुटामा आज थप २६ जनामा संक्रमण पुष्टि
श्रावण ९,धनकुटा । आज धनकुटामा २६ जना कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार १ सय ९४ पुगेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज दिउसो सम्मको तथ्यांक अनुसार ४ हजार ७ सय ४२ जनाको पिसिआर परिक्षण गर्दा १ हजार १ सय ८७ र २ हजार ९ सय १५ जनाको एन्टिजेन परिक्षण गर्दा १ हजार ७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित भएका मध्ये २ हजार २ जना निको भईसकेका छन् । आज जिल्लाका १३ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या त्यती पुगेको हो ।
हाल जिल्लामा १६६ जना सक्रिय संक्रमित रहेकोमा १३७ जना होम आईशोलेसनमा, १८ जना संस्थागत आईशोलेसनमा र ११ जना अस्पतालमा उपचाररत रहेको केन्द्रको तथ्यांक छ ।


